धनगढी : कैलालीका पत्रकार पुष्पराज जोशीले धनगढीमा कल्पवृक्ष रोपेका छन । जोशीले धनगढीको शिवपुरी धाममा कल्पवृक्ष रोपेका हुन । वन वातावरणका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार जोशीले ६ हजार वर्षसम्म जीवित रहने कल्पवृक्ष रोपेका हुन ।
हिन्दु धर्ममा कल्पवृक्षको ठूलो महत्व छ । कल्पवृक्षको बारेमा वेद र पुराणमा उल्लेख गरिएको छ । कल्पवृक्ष स्वर्गको विशेष रूख भएको धार्मिक मान्यता छ । पौराणिक धर्मशास्त्र र हिन्दू मान्यता अनुसार यो रूखको मुनि बसेको व्यक्तिले चाहे अनुसारको जे पनि पूरा हुन्छ भन्ने विश्वास गरिन्छ ।
कल्पवृक्षको पातमा भिटामिन सी अत्याधिक मात्रामा पाइन्छ । यस्तै गाईको दूध भन्दा दुई गुणा बढी क्याल्सियम पनि पाइने गरेको जानकारहरु बताउँछन् ।