काठमाडौं: राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ । बिहीबार हृवीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनेमार्चाकी सचेतक पियारी थापाले जानकारी दिइन् ।
विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले हृवीप जारी गरेको थियो । तर प्रदेशसभा सदस्य थापा तटस्थ बसे ।
जनमोर्चाले कारबाहीको जानकारी प्रदेशसभालाई गराएको छ । र, प्रदेशसभाको आजै शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी छ ।
तर सांसद कृष्ण थापाले भने सर्वोच्च अदालतमा दिएको मुद्दाको अन्तिम किनारा नलाग्दै आफूमाथि पुन कारबाही हुनु असंवैधानिक कदम रहेको तर्क गरेका छन्।
अदालतमा विचाराधीन मुद्दाउपर पुनस् कारबाही हुन नसक्ने भन्दै उनले आफूमाथि भएको कारबाहीलाई नाटकको संज्ञा दिए।