मान बहादुर जाेरा/ धनगढी: च्यामेदाइको चिया पसल बिहानदेखि भरिभराउ गाउँदेखि मझेरीमा टन्न युवा अनि बुढापाकाको प्रिय स्थल। कोहि रु. १५ को चिया, कोहि रु. १० को बाँकी केही चिया नपिउनेहरू रहेछन्। च्यामेदाइ यति ब्यस्त कि आफ्नो घरवारलाई समय नदिएर घरवार धान्ने स्रोतको लागि दिनरात खटिएको छ।
श्रीमती साथ दिन्छिन्, बेला बेलामा फुर्सद मिलाएर त्यो चिया पसले बुढोलाई भाग्यको रेखाहरु इच्छा गरेर होलिन्। बुढापाकाले खाएका दिनको सम्मिश्रण अनुभवहरु युवाले सुनिदिन्छन्। मन पर्दा ठूलो स्वरले बयस्क यूवा हाँस्छन्। कतिको त पिएको उधारो लेख्न भुल्छ च्यामेदाई। बुढाहरुले राजनितीको कुरा गर्दा युवाहरु अव बैकल्पिक शक्ति चाहियो भन्न पछि पर्दनथे। त्यही बेला ठट्यौली पाराको बिर्खे दाइ कोले के दियो र यहाँ बरु च्यामेले चिया दिन्छ भन्दै बकुरिन्छन्।
कमलदाका कुरा सुन्दा च्यामे जिउँदो इतिहास हो कैयौंलाई चियाको सेवा दिइ मान्छेको मनलाई चियाको घुट्कोले टपटपी मार्ने अमृत रुपि सिप भएको एउटा हराएको मन रहेछ। बिच्चैमा घरबाट रैवार आउछ च्यामेकि जीवन संगिनी बिरामी छिन् भनेर । ओखल कुटेको सुटोको धुलो खोज्न लाग्दा खुर्सानीको बिंया दाइको आँखामा पर्छ।
आँखा मिच्दै त्यो दिन पसल बन्द गरि उनी घर लाग्छन् । घरमा श्रीमतीले खानापिना नखाको दुई दिन भएछ। त्यति हुँदा पनि बुढाको काम रोकिन्छ र चुल्होमा आगो नबल्ला भन्ने पिरले दुई सानी छोरी कि आमाले रैवार नपठाकि रैछिन्। आफूले ल्याएको एक पत्ता सिटामोल दिएर च्यामे दाइ पसल फर्किन्छ। देश, काल र राजनीतिबाट अलग त्यो दाइको उहि प्राण चिया पसल !