काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्रीको पद गएको छ। बिहीबार प्रदेशसभामा उनले मागेको विश्वासको मत अस्वीकृत भएपछि उनको पद गएको हो।
गुरुङका पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो। अब संविधानको धारा १६८ ९५० अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ। वैशाख २९ गते प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्मन्त्री नियुक्त भएका गुरुङले प्रदेशसभामा विश्वासको मत मागेका थिए।