कैलाली,२६ जेठ । कैलालीको घोडाघोडी नगरपालिकामा दलित परिवारको लागि निर्माण गरिएको नल्का ९धारा० भाचेर फालिएको छ । १० दिन बितिसक्दा समेत पिडित परिवारले न्याय पाउन नसके पछि घटना बाहिरिएका हो । नगरपालिकाको ११ नम्बर वडा भलौवामा स्थानीय गोरख रावलले नारु देवी भुलको परिवारको लागि वडाको सहयोगमा निर्माण भएको नल्का यहि जेठ १७ गते भत्काई दिएका थिए ।
पिडित परिवारले प्रहरी चौकी पहलमानपुरमा निवेदन दिएका थिए । आपसमा मेलमिलाप गर्ने र नल्का पुनः निर्माण गर्ने सहमति भए पनि दलितले आफ्नो विरुद्ध प्रहरीमा निवेदन दिएको भन्दै बनाउन अस्वीकार गरेको पिडित हरजित भुलले बताए । पानीको समस्या समाधान गरिदिन वडामा पटकपटक आग्रह गर्दा नल्का बनेको उनले बताए । वडाको सहयोगमा सार्वजनिक नल्का बनेको तर एक घुट्की पानी खान नपाई रावलले भत्काईदिएको भुलको भनाइ छ ।
दलित महिला वडा सदस्य समेत रहेकी नरु देवी भुलले न्याय पाउने मेसो नपाउदा खुम्चिनु परेको बताईन । अहिले रावलले अन्य मानिसको उक्साहठमा भत्काउने तथा घरमै आएर ज्यानै लिन सक्ने सम्मको धम्की दिन थालेको उनले बताईन ।
प्रहरी चौकी पहलमापुरका प्रमुख उतान सिङ कार्कीले त्यही दिन जनप्रतिनिधि,स्थानिय, पिढक र पिढित पक्षलाई राखेर सार्वजनिक धारा पुन निर्माण गर्ने सहमति भएको उनले बताए । सार्वजनिक धारा तोडफोड गर्ने रावलले मौखिक रुपमा माफी मागेको र धारा पुनस् निमार्ण गर्ने सहमती गरेको कार्कीले बताए । यता वडा अध्यक्ष दानसिंङ जोगीले स्थानीयको माग अनुसार सार्वजनिक स्थलमा वडाको मातहतमा धारा निमार्ण भएको बताए ।
एकै वडा बस्तीका बासिन्दाले मिलेर बस्नुपर्नेमा रावलले सार्वजनिक सम्पत्ति तोडफोड तथा जातिय भेदभाव गर्नु जघन्य अपराध भएको वडा अध्यक्षले बताए । सार्वजनिक सम्पत्ती तोडफोड गर्नेलाई सम्बन्धित निकायले कानुनी कारबाही गर्नुपर्ने उनले बताए ।