कैलाली: सुदूरपश्चिम प्रदेश सभाको बैठक आज तीन बजे बस्ने भएको छ । आज बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता सहित पूर्व बजेट छलफलका लागि तयार गरिएको दस्ताबेज पेस गर्ने जनाइएको छ ।
आठौँ अधिवेशन अन्तरगतको आजको तेस्रो बैठकमा दस्ताबेज पेस गर्ने मात्रै कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले बताए । उनले चौथो बैठकबाट पूर्व बजेट छलफल सुरु हुने बताए ।