लम्की ६ जेठ
कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लाका विभिन्न स्थानहरुमा ठुला आधुनिक कृषि फर्महरु सन्चालन गर्ने कार्यक्रम अन्तर्गत सोमबार कैलालीको जानकी गाउपालिका ९ मा किसान एकिकृत कृषि फर्मको शिलान्यास गरेको छ ।
जानकी गाउपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी र संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहले संयूक्त रुपमा भूमी पुजन सहित फर्मको शिलान्यास गर्नु भयोे । संस्थाले जानकी गाउपालिका ९ मा ५० लाखको लागतमा २.५ विगाह जमिन भाडामा लिई उक्त एकिकृत कृर्षि फर्म सन्चालन गर्न लागेको हो ।
उक्त कृषि फर्ममा व्यवसायिक खेती गर्नुका साथै संस्थाका कृषक सदस्यहरुको क्षमता अभिवृद्धीका लागि फर्मको अवलोकन गराउने तथा संस्थाका कृषि प्राविधिक कर्मचारीहरु मार्फत फिल्ड तालिम सन्चालन गर्ने योजना रहेको संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले बताउनु भयो । उक्तफर्मले बार्षिक रुपमा न्यूनतम २ सय मेट्रीकटन तरकारी तथा अन्य खाद्यान्नको उत्पादन गर्ने लक्ष्य राखेको छ ।
कैलाली जिल्ला कार्यक्षेत्र रहेको संस्थामा हाल ५२ हजार सदस्य, २१ सेवा केन्द्र तथा १६७ कर्मचारी रहेका छन् । बार्षिक २.५ अर्बको कारोबार रहेको संस्थाले गत आर्थिक बर्ष .७ करोड ३५ लाख खुद मूनाफा आर्जन गर्न सफल भएको थियो ।
किसान एकिकृत कृषि फर्मको शिलान्यास
किसान एकिकृत कृषि फर्मको शिलान्यास