धनगढी: कैलालीको अत्तरियामा आफ्नै कोठामा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । गोदावरी नगरपालिका वडा नंम्बर १ वसन्तपुरकी अन्दाजी २५र२६ वर्षिया महिलाको आज बिहान झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानिय लाल बहादुर साउँदकी कान्छी श्रीमती सरस्वती साउँदको आफ्नै कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीका ईन्स्पेक्टर उमेश चन्दले जानकारी दिए ।
उनका अनुसार बुधबार साँझ खाना खाएर आफ्नो कोठामा सुत्न गएकी सरस्वतीले बिहान अवेर सम्म पनि ढोका नखोलेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका खोलेर हेर्दा कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको ईन्स्पेक्टर चन्दले बताए। पारिवारीक स्रोतका अनुसार उनमा मृगीको समस्या रहेको प्रहरीले जनाएको छ।
शवलाई मोष्टमार्टमको लागी सेती प्रादेशिक अस्पताल पठाईएको ईन्स्पेक्टर चन्दले बताए ।