• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

पार्टी निर्णय नमान्ने सुदुरपश्चिमका सांसदलाई एमाले यसरी गर्दैछ कारबाही ?

धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले केन्द्रको निर्णय नमान्ने प्रदेश सांसदलाई कारबाही गर्ने चेतावनी दिएका छन् । एमाले स्थायी समितिले गरेको निर्णयविपरीत सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने प्रदेश संसदीय दलले निर्णय गरेपछि केन्द्रको निर्णय नमान्नेलाई पार्टीको साधारण सदस्यबाटै निस्कासनसम्मको कारबाही गर्ने चेतावनी थापाले दिएका हुन् ।

‘एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो,’ उनले भने, ‘तीन जनामन्त्रीलाई राजीनामा दिन पनि निर्देशन भइसकेको थियो । निर्देशनविपरीत निर्णय गरेको भन्ने सुन्नमा आएको छ । अब कारबाही प्रक्रिया अघि बढाउँछौं ।’ एमाले स्थायी समितिको निर्णयविपरीत आज बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।

सुदूरपश्चिम सरकारमा एमालेका तीन जना मन्त्री छन् । सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्रीमा माया भट्ट छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

अध्यक्ष थापाका अनुसार गत चैत १५ गते नै नेकपा एमालेको प्रदेश कमिटी बैठकले पनि प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो । प्रदेशसभामा एमालेका २५ जना प्रदेशसभा सदस्य छ्न । उनीहरूमध्ये सभामुखबाहेक माधव नेपाल पक्षका १८ जना र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ६ जना छ्न ।

एमाले संसदीय दलको बैठकले सरकारबाट फिर्ता नहुने निर्णय गरेपछि तत्कालका लागि माओवादी नेतृत्वको सरकार जोगिएको छ । बुधबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले स्थायी कमिटीलाई चुनौती दिदै तत्काल सरकारबाट फिर्ता नहुने निर्णय गरेको थियो । बैठकले भविष्यमा आफ्मै नेतृत्वमा सरकार बनाउन अन्य दलहरूसंग छलफल गर्ने पनि निर्णय गरेको छ ।

 

बुधबार, जेठ १२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.