धनगढी : नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक आज बस्दैछ । बैठक अहिले ८ः१५ मा बस्ने एमाले प्रदेश सभा सदस्य अमरबहादुर साँउदले जानकारी दिए । बैठक मंगलबार बस्ने भनिए पनि आन्तरिक कारण बस्न सकेको थिएन ।
“हिजो सबै साथीहरुलाई सूचना पुगेको रहेनछ । हिजो सामान्य अनौपचारिक छलफल भयो । त्यसैले अहिले बैठक बस्दैछौ,” उनले भने ।
सोमबार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । त्यसपछि संसदीय दलको बैठक बस्न लागेको हो । तर, सुदूरपश्चिम प्रदेशमा खनाल–नेपाल समूहका सांसदको बहुमत छ । एमालेको निर्णय कार्यान्वयन नहुने सम्भावना रहेको नेताहरु बताउँछन् ।
