टीकापुर ११ भाद्र- सुदुर पश्चिमाञ्चल विश्व विद्यालयको टीकापुर स्थित कृषि संकायमा नेपाल विद्यार्थी संघको कमिटी गठन गरिएको छ । कमिटिको सभापति नवीन घिमिरे, उपसभापति पवन कठायत, विरेन्द्र महरा, सत्या निरौला, आशिष चौधरी, सचिव दिपेश बिष्ट, सह–सचिव गणेश साउद, गणेश जोशी र कोषाध्यक्ष आशा मिश्र भएका छन् ।
टिकापुर बहुमुखी क्याम्पस नेविसंघ इकाई उपसभापति एवम् सोवियु उपसभापति भक्तराज देवकोटा अध्यक्षताम भएको भेलाका प्रमुख अतिथी नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्या शुसिला गिरी रहेकी थिईन् ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य गिरीले बिद्यार्थीहरुको हकहितका लागि नेपाल विद्यार्थी संघ रहेकोले सबैलाई गोलबद्ध भएर अघाडी बढ्न आग्रह गरिन् । कार्यक्रमको संचालन भरतसिंह साउदले गरेका थिए
