• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बाजुराको खाद्य कम्पनीको गोदाममा चामल सकियो, बजारमा कालोबजारी

धनगढी: कोरोना भाइरसको संक्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ।

महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका पमुख मेघराज ओझाले बताए। कम्पनीमा रहेको चार हजार ८०० क्विन्टल चामल बिक्री भइसकेको छ। निषेधाज्ञामा स्थानीयवासीले चामल बढी किनेर लिएकाले मौज्दात रहेको चामलसमेत सकिएको प्रमुख ओझाले जानकारी दिए।

खाद्यमा चामल सकिएको दुुई दिन भएको प्रमुख ओझाले बताए। जिल्ला कारगारमा रहेका कैदीलाई खाना खुवाउनका लागि चाहिने ५० क्विन्टल चामलमात्र रहेको र सर्वसाधारणलाई बिक्री गर्न मौज्दात चामल नभएको उनले बताए।

सदरमुकाम आउने सडकको अवस्था राम्रो नभएकाले ठेकेदारले चामल ढुवानी गर्न नसकेको ओझाको भनाइ छ। साँफे–मार्तडी सडकको अवस्था नाजुक भएकाले वर्षा आउन रोकिएपछि एक साताभित्र चामल मार्तडीमा आइपुग्ने ओझाले जानकारी दिए।

खाद्य संस्थानका लागि तीन हजार ५०० क्विन्टल चामलको कोटा थप गरेर धनगढी र महेन्द्रनगरबाट आउन लागेको भए पनि बाटोको समस्याका कारण रोकिएको छ। संस्थानले मोटो चामल प्रतिकिलो ४५ र जिरा मसिनो प्रतिकिलो ६६ रुपैयाँमा बिक्री गर्दै आइरहेको थियो।

कोल्टी र कवाडीमा चामल यथावत्

पूर्वी उत्तरी भेगमा रहेको कोल्टी शाखा र बिक्री केन्द्र कवाडीमा भने चामलको मौज्दात यथावत् रहेको शाखाले जनाएको छ। कोल्टीमा खाद्य संस्थानमा हाल एक हजार १०० क्विन्टल चामल बिक्री नभएको शाखाप्रमुख नवीन आचार्यले बताए।

निषेधाज्ञामा चामल अभाव नहुने आचार्यको भनाइ छ। अहिले एक हजार १०० क्विन्टल यथावत् छ भने ९० क्विन्टल सुर्खेतबाट आइसकेकाले कोल्टीमा खाद्य अभाव नहुने प्रमुख आचार्यले जानकारी दिए।

यस्तै, हिमाली गाउँपालिकाको कवाडीमा समेत चामल मौज्दात रहेको शाखाप्रमुख आचार्यले बताए। कोल्टीबाट कवाडीका लागि एक हजार क्विन्टल पठाइसकेकाले केही मौज्दात रहेको आचार्य बताउँछन्।

खाद्य संस्थानमा चामल सकिएपछि स्थानीयवासी बजारमा चामलका लागि धाइरहेका छन्। खुलेआम कालोबजारीभन्दा पनि व्यापारीले अघोषितरुपमा चामलमात्र नभई दैनिक उपभोग्य सामानमा कालोबजारी गरिरहेको नागरिक समाजका अगुवा बताउँछन्।

जिल्ला प्रशासन कार्यालयले कालोबजारी नियन्त्रण गर्नका लागि अनुुगमन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए। उनले कालोबजारी गरेको नभेटिएको उजुरी नआएकोे भए पनि बजारमा खाद्य सामग्रीको मूल्यवृद्धि भइरहेको मौखिकरुपमा जानकारी आउने गरेको जानकारी र्दि। जिल्ला प्रशासन कार्यालयले बजारमा खाने तेलको मूल्यभन्दा बढी मूल्य लिने पाँच व्यापारीलाई पक्राउ गरी कारबाही गरेको सहायक प्रजिअ भण्डारीले बताए।

 

शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.