धनगढी, ७ जेठ/नेपाली काँग्रेस बाजुराका युवा नेता तथा व्यवसायी राजेन्द्र खत्रीले जिल्ला अस्पताल बाजुराका लागि २ वटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । अक्सिजनका लागि ५१ हजार सहयोगको घोषणा गरेका साउँदले त्यसै रकमबाट २ वटा सिलिण्डर पठाएका हुन् ।
बाजुराको त्रिवेणी नगरपालिका–९ पैमा स्थायी घर भएका खत्रीले सुरुमै बाजुरा जिल्ला अस्पतालमा अक्सिजन खरिदका लागि भनेर ५१ ह्जार रकम दिने घोषणा गरेका थिए । घोषणा अनुसार नै अस्पताललाई आवश्यक २ वटा सिलिण्डर ग्यास खरिद गरेर पठाएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराकै गाडीमा हालिेर अक्सिजन सिलिण्डर पठाईएको व्यवसायी राजेन्द्र खत्रीले बताएका छन् । खत्रीले आफ्नो तर्mबाट सहयोग गरिएका २ वटा अक्सिजनका सिलिण्डर स्वास्थ्य कार्यालय बाजुराका भरत खड्कालाई हस्तान्तरण गरेका हुन् ।
जिल्ला अस्पतालमा उपचार गराइरहेका विरामीलाई अक्सिजन नपाएर ज्यान गुमाउन नपरोस भन्ने भावनाका साथ अक्सिजन सिलिण्डर खरिद गरेर पठाएको बताएका छन् । खत्री पछिल्लो समय व्यवसाय सँगै सामाजिक सेवाका काममा पनि सक्रिय छन् ।