धनगढी–एसियाली विकास बैंकको मिसन टोली , क्षेत्रीय सहरी विकास आयोजना र धनगढी उप–महानगरपालिको टोलि बिच छलफल भएको छ ।
तीनै पक्षहरुले क्षेत्रीय शहरी विकास आयोजना र त्यसको आन्तरिक कार्यप्रगतीको बिषयमा समिक्षा गरेका हुन । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार क्षेत्रीय शहरी विकास कार्यक्रमको कार्य प्रगतीको समिक्षा हुनुको साथै चालु आर्थिक बर्षमा कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा गहन छलफल भएको छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले परियोजना कार्यान्वयन गर्दाका जटिलका बिषयमा तीनै पक्षहरु बिच गहन छलफल भएको बताईन । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढी उप–महानगरपालिकामा सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा काम गरिरहेको छ ।
बैशाख १२ गते देखि लागु हुने गरि आयोजनाले ४५ दिने सूचना जारी गरिसकेको थियो । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत घनगढीमा बिभिन्न आकारका २३ वटा सडक निर्माण हुदैछन् । जसमध्य पहिलो चरणमा ७ वटा सडक निर्माण हुने भएका छन् । । त्यसैगरी दोश्रो चरणमा बाँकी सडक निर्माण हुने छन् । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतका सडक चरणवद्ध निर्माण हुने बताईएको छ । धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारका लागि २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड छुट्टाएको थियो ।
