लोकबहादुर देउवा
लम्की, ६ जेठ/नेकपा एमालेका युवा नेता नेत्र भण्डारीले कोरोना संक्रमित तथा सेवामा खटीएकाहरुलाई ‘जसको कोही छैन, त्यसको हामी छौ’ भन्ने नारका साथ अभियनमा खटेका छन् ।
उनले बिहिबार कैलालीको लम्कीबाट कोरोना संक्रमित तथा सेवामा खटिएकाहरुलाई स्वास्थ्य सामग्रीका साथै फलफुल र पानी सहयोग गरेर अभियान सूरवाद गरेका छन् । युवा नेता भण्डारीले यस्तो महाबिपक्तीमा सबैले जनस्तरबाट यस्ता अभियान सुरुवाद गर्नपर्छ भन्ने सन्देश दिन काम सुरु गरेको बताए ।
लम्कीचुहा अस्पताल द्धारा सञ्चालित अस्थाई कोरोना अस्पताल गणेशपुर, ईलाका प्रहरी कार्यालय लम्की, हेल्फ डेस्क लम्कीमा पानी, फलफुल, मास्म, सेनीटाईजर सहयोग गरेको नेता नेत्र भण्डारीले सहयोग गर्नु भएको छ । थोरै भएपनि यस महामारीमा मानविय कार्यमा सहयोगका लागि आफुले सहयोग गरेको बताए ।