काठमाडौं : अरब सागरमा विकसित अतिशक्तिशाली चक्रवात ९सामुन्द्रिक आँधी० ताउ(तेको प्रभाव नेपालमा पनि परेको छ। भारतका पश्चिमी राज्यमा आँधीले ताण्डव मच्चाइरहेका बेला मंगलबार नेपालमा पनि बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।
देशको पहाडी भू(भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।उच्च हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना छ। राति पहाडी भूभाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।उच्च हिमाली भूभागका केही स्थानहरूमा हिमपात र वर्षाको सम्भावना छ।
बुधबार दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना छ।उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ। हीबार कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
उच्च हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा साथै अन्य प्रदेशको १(२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।