• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेयमार पिएसजीमै रहने पक्का

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले पेरिस सेन्ट जर्मेन ९पिएसजी० सँग थप ३ वर्षको सम्झौता नविकरण गरेका छन् । अब उनी सन् २०२५ सम्म पिएसजीमा रहनेछन् ।नेयमार पूर्व क्लब बार्सिलोना जाने चर्चा चलिरहेकै बीचमा पिएसजीसँगको सम्झौता नविकरण गरेका हुन् । बार्सिलोनाबाट विश्व कीर्तिमान १ सय ९८ मिलियन पाउन्डमा नेयमार २०१७ मा पिएसजी पुगेका थिए । २०१९ मा नेयमारले आफूले फ्रान्स छाड्न चाहेको बताएका थिए ।

तर, टोली गत वर्ष च्याम्पियन्स लिगको फाइनलमा पुगेपछि उनी पिएसजीमा लामो समय बस्नका लागि तयार भएका छन् । क्लबले आफ्नो ट्विटर पेजमा नेयमारले क्लबमा आबद्ध हुँदाको फोटा पोष्ट गरेको छ । त्यस्तै क्लबले नेयमार जुनियर २०२५ क्याप्सन राखेर फोटा राखेको छ ।

क्लबसँग नेयमारको पछिल्लो सम्झौता २०२२ सम्म रहेको थियो । केहि सञ्चारमाध्यमले बार्षिक ३० मिलियन यूरोमा उनले नयाँ सम्झौता गरेको उल्लेख गरेका छन् । । सम्झौतामा यदि टोलीले आउने केहि वर्षमा च्याम्पियन्स लिग जितेमा बोनस दिइने पनि उल्लेख रहेको समाचारमा जनाएको छ ।

पिएसजी २२ वर्षे फ्रान्सेली फरवार्ड केलियन एमबाप्पसँगको सम्झौता पनि नविकरण गर्न चाहन्छ । उनको सम्झौता अर्को वर्ष सकिदैछ । दुई साता अघि पत्रकार सम्मेलनमा नेयमारले आफू क्लबमा खुसी रहेको उल्लेख गर्दै सम्झौता नविकरणको सम्भावना रहेको बताएका थिए ।

‘पिएसजीसँगको मेरो सम्झौता सकिन अझै बाँकी छ । हामी सबैका लागि उत्तम हुने गर्नेछौं । मैले पहिले पनि भनेको थिए म यहाँ खुसी छु । पहिलाको भन्दा यो सिजन अझै राम्रो महसुस गरेको छु,’ नेयमारले भनेका थिए, ‘मैले पनि केहि पक्षमा सुधार गर्नुपर्नेछ । केहि कठीन समय पनि रह्यो, त्यसलाई सबैले बुझेका छन् । म व्यवसायिक रुपमा प्रस्तुत हुन हर सम्भव प्रयास गर्दै आएको छु ।’

गत सिजन पहिलो पटक फाइनल पुग्न सफल भएको पिएसजी यसपटक भने सेमिफाइनलमा रोकिएको छ । म्यानचेस्टर सिटीसँग समग्रमा ४–१ को हार बेहोर्दे पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पिएसजीमा नेयमारको प्रदर्शन एक रुपको भने रहन सकेको छैन । यद्दपी उनी सम्मलित टोलीले लगातार ३ पटक लिग वानको उपाधि जितेको थियो । उनीसहितको टोलीले च्याम्पियन्स लिगको नकआउट चरणमा उच्च प्रदर्शन गर्न सकेन । नेयमार पटक पटकबाट चोटबाट पनि गुज्रिएका थिए । नेयमारले च्याम्पियन्स लिगका नकआउट चरणमा ५ खेल गुमाएका थिए । प्रतियोगिताको १० खेलमा उनले २ गोल मात्र गर्न सके ।

आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.