• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

लिफ्टिङ प्रविधिबाट बझाङका दुर्गम गाउँमा खानेपानी

बझाङ २३ बैशाख/बझाङ दुर्गाथली गाउँपालिका–५ बाजगडाकी धर्मा जप्रेललाई आँगनमै खानेपानीको धारा बनेपछि हाइसन्चो भएको छ । वर्षौंदेखि खोलाको पानी बोक्दै आएकी उनी गाउँमा बाजगडा सोलार लिफ्टिङ खानेपानी आयोजना बनेपछि दुःखका दिन हटेको बताउँछिन् । उनी भन्छिन्, “अहिले आँगनमै पानीको धारा छ । न त बिहानै उठेर पानी भर्नु परेको छ । न त एक गाग्री पानी भर्न दिनभर कुर्नु परेको छ । पहिले एक घण्टा हिँडेर खोलाबाट पानी ल्याउनु पर्ने बाध्यता थियो । सरसफाइमा पनि त्यति ध्यान दिन सकिएको थिएन । आफूलाई त बोकेरै पानी पिउन सम्भव थियो । गाईभैंसीलाई पनि बोकेरै पानी दिनुपर्ने अवस्था भएपछि हामीले पाउनसम्मका दुःख पायौं ।” गाँउमा योभन्दा पहिले खानेपानीको कुनै योजना आएन । अहिले पानी बोक्नु पर्ने दुःख हटेसँंगै सरसफाइमा पनि ध्यान दिन थालेको उनको भनाइ छ ।

महिलाहरूलाई महिनावारी भएको बेला नुहाउनलाई एक घण्टा हिँडेर खोलामा जानुपर्ने बाध्यता थियो । पानी नहुँदा महिनावारी भएको समयमा विद्यालयसमेत नजाने गरेको खप्तडछान्ना–२ की पूजा सुनारले बताइन् । उनी भन्छिन्, “नुहाउन टाढा जानुपथ्र्यो । विद्यालय जाने समय पनि नुहाउनमै जान्थ्यो । महिनावारी भएका बेला ७ दिनसम्म दिनहुँ नुहाउने, लुगा धुने गर्नुपर्छ, टाढाको धारा र मुहान जाँदा यता पढाइ छुट्छ  ।” पानी नहुँदा महिनावारी भएका छात्रालाई समस्या हुने गरेको थियो । अहिले घरमै पानी पुगेपछि महिनावारी भएका बेला स्कुल छुटला भन्ने चिन्ता हँुदैन ।

बझाङको बुङगल नगरपालिका–६ बड्डी ज्यावनकी धनमती धामीलाई पनि अचेल खानेपानीको चिन्ता हँुदैन । अहिले धनमतीले बिहान सबेरै उठनु परेको छैन भने घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता पनि छैन । ग्राीमण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा खानेपानी पु¥याएपछि उनी मात्र हैन गाउँलेकै दैनिकी फेरिएको छ । आयोजना निर्माण हुनुअघि गाउँभन्दा तलको खोलाबाट पानी बोक्नु पर्ने र वर्षात्को समयमा वर्षाको पानी पिउनुपर्ने बाध्यता थियो । वर्षांैदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय घर अगाडि धारा जडान भएपछि गाउँमा खुसी भएका छन् । पानी भर्नका लागि पालो कुर्नुपरेको छैन भने पानी भर्नकै लागि आधा रातमा उठनु पर्ने अवस्था पनि नरहेको उनी बताउँछिन् ।

दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी आएपछि स्थानीयले खोला र कुलाको फोहर पानी पिउनु परेको छैन । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका ग्रामीण क्षेत्रका बासिन्दा खानेपानी आयोजना निर्माण भएसँंगै खुसी भएका छन् । घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारीखेती गर्नेका लागि पनि सहज भएको छ । नेपाल सरकारको सहकार्यमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक र सामाजिक तथा प्राविधिक विकास सेवा समूह बझाङको प्राविधिक सहयोगमा जिल्लाका दुर्गम बस्तीमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी पु¥याइएको हो । जिल्लामा अहिलेसम्म १३ ठाँउमा सोलार लिफ्टिङ प्रविधिबाट आयोजना निर्माण सम्पन्न गरी स्वच्छ पिउनेपानीको पहुँचमा पु¥याइएको सामाजिक तथा प्राविधिक विकास सेवा समूहका टिमलिडर कलक खत्रीले बताए ।

परियोजना अन्तर्गत जिल्लाका छविसपाथीभेरा, थलारा, दुर्गाथली, खप्तडछान्ना, तल्कोट, वित्थडचिर, केदारस्युँ गाउँपालिका, जयपृथ्वी नगरपालिका र बुङगल नगरपालिकामा गरी ९ वटा स्थानीय तहमा लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण भएका छन् । सोलार लिफ्टिङ प्रविधिबाट दुर्गाथलीमा–५, खप्तडछान्नामा–१, वित्थडचिरमा–२, थलारामा–२ र बुङगल नगरपालिकामा २ वटा आयोजना सम्पन्न भई प्रयोगमा आएको परियोजनाका इन्जिनियर लोकेन्द्र ओलीले बताए । उनले भने, “बस्तीभन्दा माथि पानीको मुहान नभएका ठाउँमा सौर्यऊर्जा जडान गरी लिफ्ट प्रविधिबाट पानी तानिन्छ । यसरी तानिएको पानी ८ हजारदेखि २० हजार घनलिटर क्षमताका आरबीटी ट्यांकीमा जम्मा हुन्छ । सोही ट्यांकीबाट घरघरमा वितरण गरिन्छ । आयोजनाबाट हालसम्म विभिन्न एक हजार दुई सय घरधुरीका करिब सात हजार लाभान्वित भएका छन् ।

मकरसिह धामी, कारोबार दैनिकबाट

बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.