धनगढी: कैलालीको अत्तरियामा निषेधाज्ञाको उल्लघंन गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले आज देखी जिल्लामा जारी गरेको निषेधाज्ञाको उल्लघंन गरी खाद्य पसल र होटल तथा अन्य व्यापार व्यवसाय खोल्ने ४० जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक डिएसपी प्रेम बहादुर शाहीले बताए ।
‘निषेधाज्ञा उल्लंघन गर्ने ४० व्यापारीलाई नियन्त्रणमा लिईसकेका छौ’ उनले भने ‘अझै चेकजाँच जारी छ, अझै साँझ सम्म संख्या थपिन सक्छ ।’
उनले नियन्त्रणमा लिएका व्यापारीहरुलाई प्रशासनको निर्देशनको पालना गर्न र कोरोनाको महामारीका बारेमा सम्झाई बुझाई गरी छोडिएको बताए ।
