धनगढी: कैलालीमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सेती अस्पतालमा उपचारको क्रममा बर्दगोरीया गाउँपालिका ५ कि ४२ बर्सिया महिलाको सङ्क्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
आज कैलालीका ३ जनाको सङ्क्रमणबाट मृत्यु भइसकेको छ । यस अघि जिल्लाको गोदावरी नगरपालिका ११ का ६३वर्षीय पुरुष र लम्की चुहा १ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।