काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा फराकिलो जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले इटालियन क्लब रोमालाई ६–२ ले पराजित गरेको हो ।
घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र एडिन्सन काभानीले दुईरदुई गोल गरे । त्यस्तै, पाउल पोग्बा र मसान ग्रीनउडले एकरएक गोल थपे । रोमाका लोरेन्जो पेल्लेग्रिनी र एडिन डेज्कोले एकरएक गोल फर्काए ।
पहिलो हाफमा २–१ ले अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा ४ गोल गरेको थियो । जितसँगै युनाइटेडले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग रोमाको मैदानमा मे ७ मा हुनेछ ।