धनगढी: धनगढी मंगलबार सुदूरपश्चिम प्रदेश सरकारको पूर्व बजेट सम्बन्धि सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। सुदूरपश्चिम सरकारले बिनियोजन गर्ने बजेटबारे पूर्ववत् अवस्थामा उक्त कार्यक्रम आयोजना गरिएको हो।
अर्थ बिकास तथा प्राकृतिक स्रोत समितिको आयोजना सो कार्यक्रम गरिएको हो। सुदूरपश्चिम सरकारका मन्त्रालय, स्थानीय तह, र सरोकारवाला निकायहरुको प्रतिनिधित्व रहेको सो कार्यक्रममा बजेटको प्रभावकारिता एवम् बजेटको प्राथमिकता बारे छलफल र सुझाव संकलन गरिएको थियो।
सरोकारवाला निकायले मुलतः दिगो बिकासको अवधारणालाई आत्मसात गर्दै आवश्यकता र प्राथमिकतामा आधारमा बजेट बिनियोजन गर्नुपर्ने सुझाएका थिए।
कार्यक्रममा पूर्व मन्त्री दिर्घ सोडारी लगायत कैलालीका बिभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, सुदुरपश्चिम सरकारका प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।
b