धनगढी: पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप १ सय ९७ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३ सय ७० जनाको परीक्षणमा १ सय ९७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। तीमध्ये कैलालीका १ सय ४९ जना छन्।
कैलालीमा सबैभन्दा बढी संक्रमित धनगढी उपमहानगरपालिकाका छन्। उपमहानगरका १ सय २७ जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।