• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

थारु अगुवा नै विभाजित

टीकापुर – थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई लिएर थारु समुदायबीच विवाद देखिएको छ। टीकापुरमा आयोजना हुने सम्मेलनलाई सत्तारुढ नेकपा निकट थारु राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारु संघले उद्देश्यविहीन कार्यक्रम भएको आरोप लगाएको छ।

ती दुई संस्थाले बुधबार टीकापुरमा पत्रकार सम्मेलन गरी संस्थागत सहभागीता नहुने बताएका छन। पत्रकार सम्मेलनमा नेकपाका नेता फिरुलाल चौधरी (रणभूमि) ले सम्मेलनमा अवरोध भने नहुने बताए। उनले केही व्यक्तिहरु सम्मेलनका नाममा हिरासतमा रहेका रेशमलाल चौधरी लगायतको नाम बेचेर आफ्नो राजनीतिक दूनो सोझ्याउने तर्फ लागिरहेको बताउँदै ती व्यक्तिहरु थारु फुटाउ अभियानमा सकृय रहेको आरोप लगाए।

पत्रकार सम्मेलनमा वितरित संयुक्त विज्ञप्तीमा राजनैतिक उद्देश्य स्पष्ट नभएको र आधिकारिक संस्थागत आयोजक नरहेकोले कार्यक्रमप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ। विज्ञप्तीमा विगत आन्दोलनको क्रममा घटेको दुःखद घटनालाई स्मरण गराउन झल्को दिने गरी कार्यक्रम तय भएको प्रति असहमति जनाउँदै अन्यौलपूर्ण कार्यक्रममा आफूहरुको समर्थन नरहेको र कुनैपनि गतिविधिमा सहभागीता नरहने स्पष्ट गर्न चाहन्छौ भनिएको छ।

अर्को सतारुढ दल समाजवादी पार्टी, नेपालका कार्यकर्ता भने सम्मेलनको तयारीमा जुटेका छन्। पूर्वसाँसद कृष्णकुमार चौधरी लगायत सम्मेलनको तयारीमा संलग्न छन्। सो पार्टीका नेता डा. बाबुराम भट्टराई सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुने तय भैसकेको छ।

तर, सम्मेलन प्रति नेपाली काँग्रेस निकट थारु संगठनले कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्। पार्टीले भने सम्मेलनको शान्तिपूर्ण कार्यमा सघाउने बताएको छ। काँग्रेस निकट केही थारु नेताहरु सम्मेलनको तयारीमा संलग्न देखिएका छन।

सम्मेलन आयोजक पक्षले समेत बुधवार नै टीकापुरमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। आयोजक पक्षले सम्मेलनले कुनै राजनीतिक एजेण्डा नबोकेको बताएको छ। थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समिति संयोजक मिनराज चौधरीले सम्मेलनको मुख्य उद्देश्य एकताको सन्देश भएको बताए।

टीकापुरमा यही ७, ८ र ९ गते थरुहट थारुवान राष्ट्रिय सम्मेलनको आयोजना हुँदैछ। सम्मेलनको पहिलो दिन ७ गते उद्घाटन समारोह, ८ गते बन्द सत्र र ९ गते समापन हुने बताइएको छ। यसका अलावा सम्मेलनलाई सद्भावपूर्ण बनाउनका लागि अतिरिक्त कार्यक्रमको समेत आयोजना गरिने भएको छ। जसअनुसार ५ गते बिहान ६ बजे सद्भाव सरसफाई अभियान र ६ र ७ गते वृहत रक्तदान कार्यक्रमको आयोजना गरिने व्यवस्थापन समितिका संयोजक रामप्रसाद चौधरीले बताए। सम्मेलनमा २५ जिल्लाका २ हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने बताइएको छ।

सम्मेलनका क्रममा कुनै अप्रिय घटना हुन नदिन जिल्ला सुरक्षा समितिले ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ। टीकापुरमा सम्मेलन अवधिमा झण्डै ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने प्रहरी स्रोतको भनाई छ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको दुःखद घटनामा ८ सुरक्षाकर्मी र १ नाबालकले ज्यान गुमाएका थिए। थरुहट थारुवान आन्दोलन पक्षधर र सुरक्षाकर्मीबीच भएको झडपमा सो घटना भएको थियो। #नागरिकबाट साभार

बुधबार, भदौ ०४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.