दार्चुला ७ बैशाख/ सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं सार्वजनिक लेखा समिति संयोजक नन्दा बमले करप्सनमा सुदूरपश्चिम प्रदेश सरकार दोस्रो नम्बरमा भएको दाबी गरेकी छन् ।
‘करप्सनको सवालमा पहिलो नम्बरमा २ नम्बर प्रदेश र त्यसपछि सुदूरपश्चिम सरकार परेको छ, नपत्याए महालेखाको डेटा हेर्नुहोला’ उनले भनिन् । सुदूरपश्चिम प्रदेश सरकारको उनले कडा आलोचना समेत गरेका छन् । प्रदेश सरकारको पुँजिगत बजेट खर्च दर न्युन रहेको बताएकी छन् ।
दार्चुला सदरमुकाम खलंगामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै सार्वजनिक लेखा समिति संयोजक बमले प्रदेश सरकारको कुल पुँजिगत बजेटको ३० प्रतिशत मात्रै खर्च भएको बताएका छन् । ‘प्रदेश सरकारले अहिलेसम्म ३० प्रतिशत मात्रै पुजिगत बजेट खर्च गर्न सकेको छ’ संयोजक बमले भनिन् । चालु आर्थिक वर्षको तीन महिना मात्रै बाँकी रहदासम्म ३० प्रतिशत बजेट मात्रै खर्च गरेका भन्दै न्युन खर्च भएको टिप्पणी गरिन् । पुँजिगत बजेट अहिलेसम्म ५० प्रतिशत खर्च हुनुपर्ने उनको सुझाव छ ।
असारमा विकास गर्ने प्रबृत्ति अन्त्य गर्नुपर्छ भन्ने सदनमा कुरा उठाउँदा समेत सुनुवाई नभएको उहाँको गुनासो छ । ‘हामी भन्दै आएका छौँ, यो असारे विकास अन्त्य गरौँ भनेर तर सुनुवाई नै हुदैन’ संयोजक बमले भनिन् ।
प्रदेश सरकारको चालु बजेटको २८ प्रतिशत मात्रै खर्च भएको अर्काे प्रसङ्ग सभापति वमले सुदूरपश्चिम प्रदेश सरकारको नाम बलात्कार सरकार राख्नुपर्ने टिप्पणी गरेका छन् । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी बलात्कारका घटना भएको भन्दै यस्तो टिप्पणी गरिन्। ‘यही सरकारको पालामा सबैभन्दा बढी बलत्कारका घटना भएका छन्, सुदूरपश्चिम सरकार होइन बलत्कार सरकार नामांकरण गर्नुपर्छ’ संयोजक बमले भनिन् । प्रदेश सरकारको वन, पर्यटन मन्त्रालयको नाम मन्दिर मन्त्रालय राख्नुपर्ने टिप्पणी गरेका छन् ।
सरकारको ध्यान विकासतिर नभई कुर्सीतिर भएको भन्दै उहाँले व्यांग्य समेत गरेका छन् ।