काठमाडौं: रामबहादुर थापा ‘बादल’ गृहमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीमा बादललाई नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा ७८ को उपधारा ९१० गृहमन्त्रीमा राष्ट्रपतिले बादललाई नियुक्त गरेकी हुन्।
बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने भएको छ। नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएसँगै संसद् सचिवालयले आइतबार बिहान बादलको पद रिक्त भएको जानकारी गराएको थियो।
