काठमाडौं: नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि सन्दीप जोरालाई टिममा बोलाएको छ ।
चोटको कारण पारस खड्काले सिरिज गुमाउने भएपछि क्यानले जोरालाई बोलाएको हो ।
पूर्व कप्तान समेत रहेका पारसले टिमको प्रशिक्षण दौरान चोट बोकेका थिए । उनले फिल्डिङ गर्ने क्रममा काँधको चोट बोकेका थिए ।