धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा पेशीमा चढेको छ ।
प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको बेला सो विषयमा टिप्पणी गरेको भन्दै दर्ता भएको मुद्दामा शुक्रबार पेशी तोकिएको हो ।
न्यायाधीशहरु इश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासमा सो मुद्दा पेशी तोकिएको छ । मुद्धामा आजै सुनुवाई हुने सम्भावना रहेको छ ।
अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले गत माघ १३ गतेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्धा दर्ता गराएका थिए । ओलीले इजलासमा भइरहेको बहसलाई ‘तमासा’ भनी टिप्पणी गरेका थिए ।
