• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

आहा-रारा गोल्ड कप भोलिदेखि सुरु हुँदै

पर्वत : पोखरामा आयोजना हुँदै आएको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्ड कपको १९औं संस्करण शनिबारदेखि सुरु हुँदैछ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ। उक्त खेल पहिलो क्वार्टर फाइनल हो। सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार उद्घाटन खेल दिउँसो २ बजे हुँदैछ।

चैत २२ मा ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुनबीच खेल प्रतिस्पर्धा हुनेछ। चैत २३ मा तेस्रो क्वार्टर फाइनल खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच तथा चौथो क्वार्टर फाइनल खेलमा थ्री स्टार क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

चैत २५ मा पहिलो सेमीफाइनल खेल हुनेछ। उक्त खेल २१ गते हुने सहारा र एपीएफबीचको विजेता तथा २३ गते प्रतिस्पर्धा गर्ने संकटा र मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै‚ चैत २६ मा हुने दोस्रो सेमीफाइनल खेलमा २२ गते खेल्ने मच्छिन्द्र र अफ्रिकन रुट एशोसियसनबीचको विजेता तथा थ्री स्टार र नेपाल पुलिस क्लबबीचको विजेता टोलीको बिचमा खेल हुनेछ। गोल्ड कपको फाइनल खेल चैत २८ गते हुने छ।

१९ औँ संस्करणमा मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्रिस्टार क्लब, एपिएफ क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, सहारा क्लब र अफ्रिकन रुट डउला क्यामरुन गरी आठ टोली सहभागी छन्।

गोल्ड कपको उद्घाटन समारोहमा ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी–२०७७’ बाट नगद ३५ हजार रुपैयाँसहित राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजाललाई सम्मान गरिने कार्यक्रम छ। सहाराले हरेक वर्ष यस पुरस्कार प्रदान गर्दै आएको छ। अघिल्लो वर्ष राष्ट्रिय टोलीका कप्तान सुजल श्रेष्ठलाई सम्मान गरिएको थियो।

गोल्ड कपको विजेता टिमलाई १० लाख एक हजार रुपैयाँ प्रदान गरिने छ। त्यस्तै‚ उपविजेता टिमले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ। विधागत रूपमा सर्वोत्कृष्ट हुने खेलाडीले एप्रिला स्कुटर प्राप्त गर्नेछन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच घोषित हुनेलाई ट्रफीसहित जनही २५ हजार रुपैयाँले प्रदान गरिने छ।

प्रतियोगिताबाट बचत भएको रकमले पोखरा–१७ दोविल्लामा रहेको सहारा एकेडेमी सञ्चालनमा खर्च गरिने क्लबले जनाएको छ। एकेडेमीमा २४ जना बालकहरूलाई आश्रय दिइएको छ। यो संस्करणमा एक करोड २९ लाख एक हजार रुपैयाँ आम्दानी र एक करोड एक लाख ८१ हजार रुपैयाँ बचत हुने आयोजकले अनुमान छ।

 

शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.