धनगढीः प्रहरीले धनगढी चौराहमा सडक अवरुद्ध पार्न खोज्ने ३ जनालाई पक्राउ गरेको छ।
सनराइज होटलमा धनगढी उप–महानगरपालिका–१७ का तिलक भण्डारी मृत भेटिएका घटनामा प्रहरीले दोहोरो भूमिका खेलेको भन्दै आन्दोलित भएका ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए। तर प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन।
