धनगढी : दुर्गमका स्थानीय सरकारमा मनपरी छ । कार्यालयहरु समयमा खुल्दैनन् । दुर्गमको वहाना गर्दै काम काज समेत सुँगम ठाउँबाट सञ्चालन हुने गरेका छन् । जनप्रतिनिधिहरुलाई खोज्नुपर्ने बाध्यता यथावत रहेको छ । प्रशासनको ध्यान त्यहाँ सम्म पुग्न सकेको अवस्था छैन् ।
सुदूरपश्चिमको अन्य जिल्लाको कुरा नै छोडौँ । सुँगम भनेको जिल्ला कैलालीमा नै समस्या देखिएको छ । कैलालीको दुर्गम मानिएको गाउँपालिका मोहन्यालमा दुर्गमको वहाना गदैँ सुरुमा काम जिल्ला सदरमुकाम धनगढीबाट सुरु गरेको थियो ।
धनगढीमा एक बर्ष सम्म सम्पर्क कार्यालय भन्दा सञ्चालमा ल्याएको थियो । विवादका वावजुद एक बर्षपछि कार्यालय मोहन्यालमा पुग्यो । त्यो पनि गाउँपालिकाले केन्द्र तोकीएको क्षेत्र नभएर अन्तनै काम सञ्चालन गरेको हो । गाउँपालिका खिमडिमा तोकीएको भए पनि फलिविसौनाबाट काम सञ्चालन भईरहेको छ ।
द्वन्द्वकालमा तत्कालिन गाउ विकास समितिका काम असुरक्षाको कारण देखाउँदै जिल्ला सदरमुकाम बाट नै हुने गरेका थिए । जव, नेपालमा शान्तिप्रक्रिया आयो । त्यसपछि मुलुक निर्वाचनमा होमियो । अनि तत्कालिन गाविस सचिवहरु गाउँ फर्किएका थिए ।मोहन्याल गाउँपालिकामा अध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई खोज्दै जानुपर्ने बाध्यता रहेको छ । कार्यालय फलिविसौना राखिएको भए पनि काम भने सुखड, लम्कीबाट हुने गरेको छ । अदालतको निर्णय अनुसार काम हुने सकेको छैन् । गाउँपालिकाको केन्द्रका विषयमा अदालतमा समेत मुद्धा परेको थियो । अदालतले खिमडिमा नै राख्न आदेश दिएको थियो ।
दुर्गम हुँदा नेट÷इन्टरनेटका लागि भने कहिले काहि समस्या हुने गरेको छ । प्रदेशकै कैलाली सबैभन्दा विकसित जिल्ला मानिन्छ । कैलालीमा १३ वटै स्थानीय तह मध्ये २ पहाडमा पर्दछन् । मोहन्याल गाउँपालिका निर्वाचनको वेला पनि जिल्लाको सिडिओ र निर्वाचनको टोलि हेलिक्याप्टर मार्फत उक्त क्षेत्रमा पुगेका थिए । दुर्गम हुँदा यस क्षेत्रमा कर्मचारीहरु समेत जान मान्दैनन् । अहिले भने यातायातको सुविधा पुगिसकेको छ । साविकका मोहन्याल,पण्ड़ौन र सुगरखाल गाविसहरु मिलेर गाउँपालिका बनेको हो । यहाँ ७ हजार भन्दा बढी मतदाता रहेको क्षेत्र हो ।
यसले गर्दा मोहन्यालको विकास तथा जनताका गुनासोमा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । गाउँ–गाउँमा सिंह दरबारको नारा दिए पनि त्यो अनुसारको काम हुन सकेको छैन् । यसमा सम्बन्धित प्रशानको यथासिघ्र ध्यान जान आवश्यक देखिएको छ ।