धनगढी : रक्सीले मात्तिएका सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका कर्मचारीको कुटपिटबाट शनिवार गौरीगंगा नगरपालिकामा दुई वालक घाईते भएका छन् ।
बिदाको दिन वा २ झ ३१३० नम्वरको गाडी दुरुपयोग गर्दै गौरीगंगा नगरपालिकाको चौमला बजार पुगेका कर्मचारीहरुको कुटाईबाट धिरज दियाकोटीका ५ बर्षिय छोरा शिरिर दियाकोटी र सुस्त मनस्थितीका ८ बर्षिय सेरु नेपाली घाईते छन् । घाईते बालक दियाकोटीको घनगढीको मयामेट्रो अस्पतालमा उपचार भैरहेको धिरज दियाकोटीले बताए ।
सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका सवारी चालक प्रकाश थापाले बालकालिकाहरुलाई कुटपिट गरेका हुन दियाकोटीले भने,‘ सवारी चालक थापा संगै समाजिक विकास मन्त्री कृष्ण सुवेदीका छोरा भिष्म सुवेदी पनि सहभागि थिए ।’ प्रहरी चौकी चौमालाका ईन्चार्ज रमेश शाहीले सामाजिक विकास मन्त्रालयका सवारी चालक थापाले एक सुस्त मनस्थितीका गरि दुई बालकलाई कुटपिट गरेको बताए । सुस्त मनस्थितीका बालक सवारी चालकका नजिक गएर पैशा मागेको र रक्सी खाएर मात्तिएका थापाले बालकहरुलाई कुटेको बुझिन आएको प्रहरी ईन्चार्ज शाहीले बताए ।
सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अत्तरीयामा राखिएको बताएको छ । सामाजिक विकास मन्त्रीका छोरा भने प्रहरी नियन्त्रणमा छैनन् ।