धनगढी : कैलालिको अत्तरियामा सुदुरपश्चिम राजधानि कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण सुरु हुने भएको छ । गोदावरी–२ अत्तरियामा रहेको पिएफए स्पोर्ट्स क्लबको आयोजनामा यहि चैत २१ गते देखि प्रतियोगिताको दोस्रो संस्करण सुरु हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गरि आयोजकले प्रतियोगिताको बारेमा जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु। ४ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद रु। २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक शिवराज भट्टराई ले बताए । उनले प्रतियोगितामा करिब १६ वटा टिमको सहभागिता रहने जानकारी दिए ।
प्रदेशका उदयीमान खेलाडीहरुलाई आफ्नो उत्कृष्ट खेल प्रर्दशन गरी स्तरोन्नती गर्न सहयोग गर्ने तथा खेललाई जिवनकलाको रुपमा परिचित गराउन प्रयास गर्ने उद्देश्यका साथ प्रतियोगीताको आयोजना गरिएको क्लबका अध्यक्ष योगेश भट्टले बताए । उनले प्रतियोगीता सञ्चालनमा करिब २० लाख अनुमानीत खर्च लाग्ने बताए । प्रतियोगीतालाई भव्य रुपमा सम्पन्न गर्न उनले सबैलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले स्थानय खेलाडीहरुलाई राष्ट्रियस्तरका खेलहरुमा सहभागी गराउन प्रतियोगीताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनले यस क्षेत्रमा लुकेर रहेका नव उदयीमान खेलाडीहरुको प्रतिभा उजागर गर्ने कार्य प्रतियोगीताले गर्न सक्ने बताउदै यस क्षेत्रको पहिचानका लागी पनि प्रतियोगीता अहम रहेको बताए । उनले प्रतियोगीतालाई भव्य रुपमा सम्पन्न गर्न आफ्नो तर्फबाट सकिने सहयोग गर्न तयार रहेको बताए ।
यस्तै गोदावरी नगरपालिका वडा नं। २ का वडाध्यक्ष कृष्णराज जोशीले प्रतियोगीताको दोस्रो संस्करण आयोजना गर्ने आयोजकलाई शुभकामना व्यक्त गरे । उनले प्रतियोगीतालाई वडाका तर्फबाट सहयोग गर्न नसकेपनि नगरपालिका तथा कार्यपालिकाका तर्फबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतियोगीताले सुदूरपश्चिमको नै पहिचान दिलाउन सक्ने बताउदै उनले यसको सफलताको लागी सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताए ।
यही चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा सबैभन्दा बढी गोल गर्ने गोलकर्ता, बेस्ट किपर, बेस्ट डिफेन्डर र राईजिङ प्लेयरलाई समान रुपमा नगद रु. १० हजार प्रदान गरिने तथा बेस्ट प्लेयरलाई नगद रु। १५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । गोदावरी–३ मालीका टोलमा रहेको खेलमैदानमा खेलाईने प्रतियोगीताको म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई भने नगद रु। २२ हजार प्रदान गरिने जनाईएको छ ।
