• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

भागरथी हत्या प्रकरण : दिनेशले बच्न झुट बोलेको प्रहरी दाबी

धनगढी : बैतडीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त अदालती प्रक्रिया सकिएर बाल सुधार गृह पुगिसकेका छन्। प्रहरीसँगै अदालतमा दिएको बयानमा समेत ‘मैले नै मारेको’ भनेर बयान दिएका किशोरले अहिले बयान बदलेको उनको परिवारले दाबी गरेपछि घटना गिजोलिने मोडमा पुगेको छ।

प्रारम्भमा छोराले आफ्नै अगाडि भागरथीको बलात्कार र हत्या गरेको सकारेको दाबी गरेका उनका बाबु नै अहिले छोराले दबाबमा आएर बयान दिएको र घटनामा अरुकै संलग्नता रहेको दाबी गर्न थालेका छन्।

‘उसले आफूले हत्या नगरेको बताइरहेको छ,’दीपकराज भट्टले भने‘तर घटना भइरहेको देखेको र उनीहरूले कसैलाई भन्यो भने बुवा र घरपरिवारलाई मारिदिने धम्की दिएपछि अपराध स्विकारेको रहेछ।’

दीपकको दाबी अनुसार फोनमा छोराले आफूले भागरथी दिदीलाई नमारेको बताएपछि उनी दिपायल गएर उनलाई भेटेका थिए।

उनले घटना भएको देखेको र घटनामा संलग्न २ जनामध्ये एक जनालाई चिनेको बताएको दाबी समेत गरे।

‘एक जनालाई चिनेको छु अर्कालाई चिनेको छैन। चिनेको मान्छे गाउँपालिकामा कार्यरत कर्मचारी हो भनिरहेको छ,’उनले भने ‘चक्कु देखाउँदै कसैलाई यो कुरा भन्यो भने तिमीलाई पनि मार्छौँ,घरपरिवार पनि मार्छौँ भनेका रहेछन् त्यसैले उसले अपराध स्विकारेको हो।’

उनले छोराले नाम लिएको व्यक्तिबारे अनुसन्धान हुनुपर्ने माग समेत गरे।

भागरथीका आफन्त के भन्छन् ?

मुख्य अभियुक्तले बयान बदलेपछि भागरथीका आफन्तले सबैमाथि छानबिन हुनुपर्ने माग गरेका छन्। भागरथीका दाइ केशवराज भट्टले घटनामा संलग्न सबैमाथि कारबाही हुनुपर्ने बताए।

‘उसले बयान फेरेको भन्ने मैले पनि सुने,’उनले भने‘कसरी विश्वास गर्नु फेरी झुट पो बोलेको हो किरु तर उसले हत्याराहरू दुई जना छन् भन्दै एक जनाको नाम समेत बताइरहेको छ रे अव त्यसलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भने हुनुपर्छ।’

प्रहरीको दाबी ‘अपराधबाट उन्मुक्ति पाउने प्रयास’

प्रहरीले अनुसन्धान सकाउँदै घटनामा अभियुक्त मात्र संलग्न रहेको र हत्या र बलात्कार उसैले गरेको दाबी गर्दै प्रतिवेदन समेत बुझाइसकेको छ। प्रहरीको प्रस्तावित राय अनुसार जिल्ला महान्यायाधिवक्ता कार्यालयबाट अभियोग पत्र दर्तासँगै थुनछेकको बहस सकिएर अभियुक्त बाल सुधार गृह पुगिसकेका छन्।

अहिले अभियुक्तले अर्कैको नाम लिए पनि प्रहरी भने यसलाई अपराधबाट जोगिन यस्तो भनेको दाबी गरिरहेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले घटनामा अभियुक्त मात्रै संलग्न रहेको खुलेको दाबी गरे ।

‘तथ्य र प्रमाण सहित अनुसन्धानले निष्कर्ष पाएको हो,’उनले भने,‘हामीले अनुसन्धानका क्रममा दुई सय भन्दा बढीलाई सोधपुछ गरेका थियौ। सबै तथ्य र प्रमाणका आधारमा हामीले नियन्त्रणमा लिएका थियौ।’

उनले अनुसन्धानका क्रममा अभियुक्तले प्रहरीसँगै बुबा र समाजका अगाडि समेत अपराध स्विकारेका दाबी गरे।

‘हामीले भनाइलाई मात्र आधार मानेनौँ त्यसलाई पुष्टि गर्ने प्रमाण पनि जुटाएका थियौँ,’उनले भने‘ अपराधमा संलग्नले आफूलाई बचाउने प्रयास गर्छ । उनीमाथि जबरजस्ती र हत्याको गम्भीर मुद्दा रहेकाले त्यसबाट बचाउन हत्कन्डाहरु अपनाउने गर्छन् यो पनि त्यही भएको हो। यो हाम्रो प्राथमिकता भित्र पर्दैन।’

प्रहरीसँग पर्याप्त प्रमाण रहेको र त्यसले उसैलाई इङकित गरेको दाबी गर्दै सिंहले तथ्य सहित सबै प्रमाण अदालतमा पेस भइसकेकाले अव अदालतले नै टुङ्गो लगाउने बताए।

प्रहरीलाई पुरस्कृत गर्नै हतार

भागरथी घटना अदालतमा विचाराधीन छ। तर प्रहरीका व्यवहार भने अभियुक्त दोषी समान देखिन्छ।

जिल्ला अदालतले यो मुद्दाको थुनछेक बहस मात्र सक्काएको छ। फैसला नआई प्रहरी प्रधान कार्यालयले भने राम्रो अनुसन्धान गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरिसकेको छ।

मङ्गलबार, चैत १०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.