धनगढी, ८ चैत/एन प्याब्सन कैलालीको ८ औं जिल्ला अधिबेशनबाट राजेन्द्र चापागाईंको अध्यक्षता १९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत रुपले चयन भएको छ ।
एन प्याब्सनको नयाँ नेतृत्वको उपाध्यक्षमा ललित साउँद, उपाध्यक्षमा मदन ओझा सचिवमा रामचन्द्र आचार्य , सह(सचिवमा चेतराज कुवँर,कोषाध्यक्षमा बरुण बिष्ट चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जय बहादुर खत्री, बिष्णु राज जोशी, जीतराज पाण्डेय, संगम चौधरी, सुनिता पडाल, प्रमोद मल्ल, शिव कुमार राना र रमेश बिक चयन भएका छन् ।
आठौं जिल्ला अधिबेशन एन प्याब्सनका जिल्ला अध्यक्ष उपेन्द्र अवस्थीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय अध्यक्ष रितुराज सापकोटा रहेका थिए ।
