धनगढी : धनगढी उपमहानगरपालिकाले विकास निर्माणदेखि भौतिक संरचना निर्माणका कार्यलाइ तिव्रता दिएको छ।नगर प्रमुख प्रत्यक्ष आफै फिल्र्डमा खटिएका कारण विकास निर्माण र भौतिक संरचना निर्माण कार्यले तिव्रता पाएको हो।
भौतिक संरचना अन्तर्गत नगरका केही वडा कार्यालयहरु सुविधायुक्त निर्माण भएका छन् भने केही वडा कार्यालयहरुको निर्माण कार्य भईरहेका छन्। धनगढी उपमहानगरपालिकामा १९ वडा रहेका छन्। जसमध्ये वडा नम्बर ३,५,७,८,९,११,४ र १७ का वडा कार्यालयहरुको निर्माण कार्य भईरहेको छ। वडा नम्बर १२,१३ र १६ का वडा कार्यालयको निर्माण कार्य सम्पन्न भईसकेको उपमहानगरपालिकाले जनाएको छ।
नगरमा रहेका १९ वडा मध्ये साविकको फुलवारी गाविसको भवनबाट वडा नम्बर १९ को काम भईरहेको छ। भवनलाई नगरले आफ्नो मातहतमा लिईसकेको छ। साविकको उर्मा गाविसको भवनबाट नगरको वडा नम्बर १५ ले सेवाग्राहीलाई सेवा प्रदान गर्दै आईरहेको छ।वडा नम्बर २ र ४ मा जग्गा प्राप्तिका लागि प्रक्रियामै रहेको धनगढी उपमहानगरपालिको भनाई छ।
निर्माण कार्य सम्पन्न भएका र निर्माणाधिनमा रहेका वडा कार्यालयहरुमा ६ देखि ८ वटासम्म कोठा, महिला तथा बालवालिका मैत्री,भुकम्परहित, महिलारपुरुष शौचालय,रिसेप्सन, किचन र अपाङ्गमैत्री रहेका छन्।
निर्माण भएका भवनहरुले ५ तलासम्म धान्न सक्ने नक्सा गरेको उपमहानगरपालिकाले जनाएको छ। वडा नम्बर ३ को वडा कार्यालयका लागि ८६ लाख ४३ हजार ४ सय २८, वडा नम्वर ७ को ८३ लाख ८५ हजार ५ सय १९, वडा नम्बर ६ को ९० लाख २९ हजार १ सय, ८ को ९१ लख १३ हजार २ सय ८४ रुपैयाँको लगानीमा निर्माण भईरहेका छन्।यस्तै वडा नम्बर ११ को ९२ लाख ८२ हजार २ सय ८, वडा नम्बर १७ मा ९२ लाख २९ हजार १ सय ८४ र १४ को ९१ लख ३४ हजार ५ सय ८७ रुपैयाँको लगानीमा वडा कार्यालयहरु निर्माण भईरहेका छन्। निर्माण भईरहेका वडा कार्यालयहरुको रकम भ्याटसहितको हो।
यी वडा कार्यालयहरुको भवन निर्माण कार्य अघिल्लो आर्थिक वर्ष २०७६र७७ बाटसुरु भएको थियो। वडा नम्बर १२ को कार्यालय ८४ लाख २५ हजार ५ सय ८ र वडा नम्बर १६ को ८१ लाख भन्दा माथिको लगानीमा वडा कार्यालय निर्माण भईसकेका छन्।
धनगढी नगरका प्रमुख नृपबहादुर वडले विकास निर्माणका कार्य तिव्र रुपमा अगाडी बढेको बताए।उनले आफु निर्वाचित भईसकेपछि वडा कार्यालय सम्झौता भएर निर्माण कार्य भईरहेको बताए। कर्मचारी र सेवाग्राहीका लागि केही कार्यालय निर्माण भईसकेका छन्, केही निर्माणाधिन अवस्थामा छन्, नगर प्रमुख वडले भने,‘ बाँकी वडाको वडा कार्यालय भवन पनि निर्माण कार्य आफ्नो कार्यकाल भित्रै सम्पन्न हुन्छ।’ वडा कार्यालय ब्यबस्थीत नभए सम्म वडा तहको कार्य सम्पादन ब्यबस्थीत हुन सक्दैन नगरप्रमुख वडले भने, त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं।’ वडा कार्यालय निर्माणलाई उप–महानगरपालिकाले प्राथमिकतामा राखेको नगरप्रमुख वडले बताए।
कार्यालयनै ब्यबस्थीत भएन भने त्यहाँबाट सम्पादन हुने काम प्रभावकारी हुन सक्दैन उनले भने ,‘त्यसैले पनि हामीले वडा कार्यालयका आफ्नै भवनहरु निर्माण गर्न सुरु गरेका हौं।’ वडा नम्बर ८ का वडाध्यक्ष नारायण बरालले वडा कार्यालयको निर्माण कार्य भईरहेको बताए। उनले वडा कार्यालयको निर्माण कार्यको निगरानी स्थानीयले पनि अनुमन गर्न आग्रह गरेका छन्।
धनगढी उप–महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष सिताराम रानाले वडा कार्यालयको निर्माण कार्य कस्तो भैरहेको छ त्यसको निगरानी गर्न स्थानीय संग अनुरोध गरे । उनले भने, ‘यो वडाबासीको सम्पती हो निर्माण कार्य राम्रो संग सम्पन्न हुनुपर्छ।’
उनले वडा कार्यालय असारसम्म सम्पन्न हुन सक्ने बताए। २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएदेखि नगर प्रमुख वडको सक्रियताले आफ्नै व्यवस्थित वडा कार्यालय निर्माण भईरहेको स्थानीय बताउँछन्। नगर प्रमुखले दैनिक जस्तो निर्माण भईरहेका वडा कार्यालयहरुको अनुगमन गर्ने गरेका छन्। अनुगमनका क्रममा मेयर वडले ठेकदार र वडा अध्यक्षलाई काम चाँडो गर्न समेत निर्देशन दिन्छन्।