धनगढी, चैत ३/ कैलालीको अत्तरिया चोकको मर्मत हुने भएको छ। ६ लेन सडक पक्की बनेपनी अत्तरिया चोकको सडक खाल्डाखुल्डीका कारण अस्तव्यस्त बनेको छ। उक्त चोकको मर्मतका लागि टेण्डर आह्वान भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।
चोक मर्मतका लागि २ करोड स्टमेट गरेर टेण्डर आह्वान गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले बताए। उनका अनुसार वैशाख पहिलो हप्तादेखि उक्त क्षेत्रमा काम सुरु हुने भएको छ।
चोकको मर्मतको काम चालु आर्थिक वर्ष भित्रै सम्पन हुने समेत सूचना अधिकारी जोशीले बताए। स्थानियले चोक मर्मतको लागी पटक पटक आवाज उठेपनी मर्मत हुन सकेको थिएन।