धनगढी, टेकसिँह धामी/सशस्त्र द्धन्दकालका बेला बेपत्ता भएका सुदूर बाजुराका परुप्रसाद जोशी घर फर्किएका छन् । बेपत्ता बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ का परुप्रसाद जोशी २२ वर्षपछि घर फर्किएका हुन् ।
परुप्रसाद जोशीको १२ वित्दा समेत कुनै अत्तोपत्तो थिएन । सशस्त्र द्धन्दका बेला घरपरिवारबाट सम्पर्कविहिन भएका जोशी वर्षौपछि घर फर्किदा परिवारको खुसी असिमित बनेको छ ।
२०५५ सालमा तत्कालिन सशस्त्र द्धन्दका समयमा घरबाट विद्यालय पढ्दै गर्दा सरकार र तत्कालिन माओवादीको डरले भागेर जोशी बेपत्ता भएका थिए ।
तत्कालिन माओवादीको समयमा द्धन्दकालका बेला परुजस्तै उनका गाउँका दुई जना साथी पासवान कैला र गोरे धामी पनि मा हराएका थिए । सँगै हराएका मध्ये कैला घर फर्किए तर परु भने फर्किएनन् । अर्का गोरे धामीको भने गाउँमा मृत्युको खवर आएको थियो ।
त्यही दिन देखि परुका बुवाको निन्दा नै हरायो । छोराको चिन्ताले उनलाई रातभर सताउँथ्यो । छोरा आउँछ भन्ने आशामा बसेका परुका बुवाको २०६९ मा मृत्यु भयो।
घर फर्किएपछि गाउँलेले पनि खुसी भएर हर्षोल्लासका साथ उनको स्वागत गरे । सशस्त्र द्धन्दकाल देखि हराएको भाई अब फर्कर आउँला भन्ने आशा मरिसकेको थियो,– ‘परुका दाई पूर्ण प्रसाद जोशीले भने, भाईलाई एक्कासी भगवानले ल्याएर राखेको जस्तो गरि गाउँमा देखिएपछि हर्षको सीमा नै छैन।’
भाई सशस्त्र द्धन्द्धका बेला हराएकाले लामो समयसम्म कुनै खबर नआएपछि उनिहरुले विभिन्न ठाउँमा खोजीका लागि प्रयास गरेको थिए । उनले भने,–‘लामो समय वितिसक्दा पनि नआएपछि भाई जिवितै छ भन्ने आसै नै मरिसकेको थियो ।
ढिलै भएपनि भाई जीवितै आयो । भाईलाई देख्दा परिवारमा हर्ष छाएको छ, उनले भने,–‘भाई फर्किएपछि यो भन्दा अरु खुसीको कुरा केही छैन ।’ बुवा छँदै गर्दा भाई फर्केको भए उहाँहरु खुसीले देह त्याग गर्नु हुन्थ्यो । परुका जेठा दाजु नैनचन्द जोशीले भने, बुवाले चिन्ता मान्दै वित्नु भयो ।
कक्षा आठमा पढदै गर्दा सशस्त्र द्धन्द्धको त्रासले आफु इण्डिया गएको र उतै विभिन्न ठाउँमा काम गर्दै कहाँ घर हो कता जाने भन्ने पत्तो नपाएको हराएर घर फर्किएका परु प्रसाद जोशीले बताए ।
हराएका जोशीलाई बुढीनन्दा गाउँमा बाजागाजा सहित स्वागत गरिएको आफन्त माधव जोशीले बताए ।