• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीको टीकापुर बहुमुखी क्याम्पसको जग्गाका विषयमा बहस

धनगढी, २ चैत/ कैलालीको टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको ३८० बिघा जग्गामध्ये अहिलेसम्म ३०० बिघा भूमिहीन सुकुम्बासीका नाममा अतिक्रमित अवस्थामा छ ।

भूमिसम्बन्धी समाधान आयोगले भूमी समस्या समाधानका लागि स्थानीय तहमा प्रक्रिया सुरु गरेसँगै क्याम्पसको अतिक्रमणमा परेको जग्गाका विषयमा बहस सुरु हुन थालेको छ । क्याम्पसको जग्गा भूमिहीन सुकुम्बासीका नाममा बाँड्ने कार्य गलत हुने जनाउँदै भूमिहीन सुकुम्बासीलाई क्याम्पसको जग्गामा नभई अन्यत्र व्यवस्थापन गर्दा राम्रो हुने सरोकारवालाको भनाइ छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोग सुदूरपश्चिमका अध्यक्ष अगस्त अधिकारी र टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले क्याम्पसको केही जग्गा भूमिहीन सुकुम्बासीलाई दिनुपर्ने धारणा राखेका छन् । विसं २०६३ असार २४ गतेदेखि मुक्तकमैयाका नाममा अतिक्रमण सुरु भएको हो । सुरुआतमा जीतबहादुर चौधरी नेतृत्वका केही व्यक्तिले २२ घरटहरा निर्माण गरेका थिए । अहिले त्यहाँ चार हजार २०० घरटहरा निर्माण गरिएका छन् ।

विसं २०६२ मा क्याम्पसले जग्गाधनी पूर्जा प्राप्त गरेको हो । समितिले त्यसअघि नै क्याम्पसलाई ८० बिघा जमीन दिइसकेको थियो । क्याम्पसको अतिक्रमित जग्गा खाली गराउनका लागि यसभन्दा पहिले पनि थुप्रै प्रयास भएका थिए तर, सफल हुन सकेनन् ।

क्याम्पसका हरेक कार्यक्रममा अतिक्रमित जग्गा खाली गराउने बहस हुने गरेको भएपनि त्यसमा अतिक्रमित जग्गामा हुँदै आएको राजनीतिकरणका कारण जग्गा खाली हुनुको साटो सुकुम्बासीका नाममा घर, टहरा थपिने क्रम रोकिएको थिएन । अहिले पनि त्यहाँ अतिक्रमित जग्गा किनबेच समेत हुँदै आएको छ ।

पूर्व सांसद गङ्गाबहादुर कुँवरले आयोग अध्यक्ष अधिकारी र नगर प्रमुख रावलको धारणाको प्रतिवाद गर्दै आना र माना सङ्कलन गरेर निर्माण गरिएको पवित्र संस्थाको सम्पत्ति मास्ने काम सह्य नहुने बताए । सभासद् हरिलाल ज्ञवालीले क्याम्पसको अतिक्रमित जग्गाका विषयमा धेरै राजनीतीकरण भइरहेकामा चिन्ता व्यक्त गर्दै सबै सरोकारवाला गम्भीर भएर क्याम्पस र भूमिहीन सुकुम्बासी दुवैलाई न्याय हुनेगरी कार्य गर्न आयोगलाई आग्रह गरे ।

नेकपा ९एमाले०का जिल्ला सदस्य श्याम खत्रीले भविष्यमा विश्वविद्यालय बन्ने दिशामा अघि बढिरहेका बेला हालको जग्गासमेत अपुग हुने हुँदा भूमिहीन सुकुम्बासीलाई अन्यत्र व्यवस्था गर्नुपर्ने बताए । नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले आयोग आफैँले तयार पारेको नीति निर्देशन विपरीत जान खोजेको उल्लेख गर्दै कुनैपनि सङ्घसंस्थाको जग्गा भूमिहीन सुकुम्बासीलाई दिन नमिल्ने नीति बनाएको आयोगले क्याम्पसको जग्गा दिन नमिल्ने बताए ।

नेकपा ९माओवादी केन्द्र०का नगर अध्यक्ष खडक शाहले राजनीतिक पूर्वाग्रहभन्दामाथि उठेर क्याम्पस र भूमिहीन सुकुम्बासी दुवैलाई न्याय हुने गरी अघि बढ्नुपर्ने जनाउँदै क्याम्पसलाई चाहिने आवश्यक जग्गामा कसैले हस्तक्षेप नगर्न आग्रह गरे । रासस

सोमबार, चैत ०२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.