धनगढी, १ चैत। नेपाली कांग्रेसका सहमहामन्त्रि डा.प्रकासशरण महतले नेपालको पहिचानका लागि मगर जातिको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ ।
नेपाल राष्ट्रिय मगर संघ सुदूरपश्चिम प्रदेश समितीले आज धनगढीमा आयोजना गरेको प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय सम्मेलनको उदघाटन समारोहमा बोल्नुहुँदै उहाँले नेपालका आदिबासी, जनजाति लगायत विभिन्न जातजाति विना नेपालले पूर्णता पाउन नसक्ने बताउनुभयो ।
“त्यसकारण नेपाल केवल भूगोलका कारणले मात्र चिनीएको होइन” उहाँले भन्नुभयो,– “यहाँको धर्म, संस्कृति, सभ्यता लगायत तमाम कुराले नेपाल चिनिएको हो, त्यसको केन्द्र विन्दुमा मगर जातिहरु छन ।” उहाँले थप्नुभयो,–“ त्यसकारण तपाईहरु आफुलाई मगर भएकोमा गर्भ गर्नुहोस ।”
सहमहामन्त्री महतले सम्पूर्ण भाषा, संस्कृति, सभ्यता, धर्मको एउटा साझा केन्द्रबिन्दुबाट नै नेपाल राष्ट्र निर्माण भएको उल्लेख गर्नुभयो ।
मेची देखी महाकाली र हिमाल देखी तराईसम्म नेपालको भूगोल भएरै मात्र नेपाल चिनिएको नभई विभिन्न विविधताबाट नेपालको नाम संसारमा पहिचान भएकोे उहाँले धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउँदले नेपालको सन्दर्भमा मात्र नभई विश्वमा नेपाली जातिको पहिचानलाई उच्च बनाउनका लागि मगरजातिको महत्वूर्ण भूमिका रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,–“राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालका मगरहरु, जनजातिहरुलाई गोलबन्द गरेर एकीकरणको प्रक्रिया मुलुकमा सुरु नगरेको भए विश्वको मानचित्रमा अहिलेको नेपाललाई राष्ट्रका रुपमा गौरव गर्न सक्दैनथ्यौ ।”
नेता साउँदले नेपाल राष्ट्र निर्माणकै लागि सवभन्दा ज्यादा रगत बगाउने मगर दाजुभाईहरुको हार्दिक प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो,–“ राष्ट्रियता र गोर्खालीको पहिचानलाई उच्च बनाउनका लागि उहाँहरुले काम गर्नु भएको छ ।”
नेपाल राष्ट्रिय मगर संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष खडक बुढा मगरको अध्यक्षता भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता रामजनम चौधरी, सुदूरपश्चिम प्रदेश सभाका सदस्य डा. रणबहादुर रावल, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड, लगायतले मन्तव्य राख्नु भएको थियो ।
नेपालको पहिचानका लागि मगर जातिको महत्वपूर्ण योगदान रहेको : कांग्रेस सहमहामन्त्री महत
नेपालको पहिचानका लागि मगर जातिको महत्वपूर्ण योगदान रहेको : कांग्रेस सहमहामन्त्री महत