धनगढी, चैत्र १/अछामको तुर्माखाद गाउपालिकाले प्रादेशिक एबम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रममा समझदारी पत्र ९एमओयुमा० सम्झौता गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा धनगढीमा भएको एक कार्यक्रममा पालिकाका अध्यक्ष पुस्पराज शर्माले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन ।
आइतबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री प्रकाशबहादुर शाहको उपस्थिति भएको कार्यक्रम हस्ताक्षर गरेका हुन । तीन वटै सरकारको संयुक्त लगानीमा सडक निर्माण गरिने छ । पालिकाको केन्द्र जोड्न स्थानीय तहको संयुक्त साझेदारीमा सडक निर्माण गर्ने जनाएको छ ।