एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा ग्रीसको ओलेम्पियाकोसलाई उसकै मैद्यानमा ३–१ को जित निकालेको छ ।
ओलम्पियाकोसको मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलको जितमा मार्टिन ओडगार्ड, गाव्रियल र मोहमेद इलानेले गोल गरे । युसेफ इल अरवीको गोल सान्त्वना बन्यो ।खेलको ३४औं मिनेटमा यसै विन्टर ट्रान्सफरमा लोनमा स्पेनिस क्लब रियल म्याड्रिडबाट आर्सनल पुगेका मार्टिन ओडेगार्डको गोलबाट आर्सनलले अग्रता लिएको थियो । ५८औं मिनेटमा युसेफ इल अरवीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
८०औं मिनेटमा गाब्रियलले विलियनको पासमा गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए । ८५औं मिनेटमा मोहमेद इलानेले गोल गर्दै आर्सनललाई ३–१ को सहज जित दिलाए । महत्वपुर्ण अवे जितसँगै आर्सनलले युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग आर्सनलको मैदानमा १८ मार्चमा हुनेछ ।