• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः सात विधाको मनोनयन सार्वजनिक

धनगढी, २७ फागुन/ धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डका सात विधाको मनोनयन सार्वजनिक गरिएको छ । वर्ष २०७६ मा वर्षभरिको प्रदर्शनका आधारमा अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले अवार्ड दिईने ९ विधामध्ये सात विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

यसअघि दुई पटक पत्रकार सम्मेलन गर्दै चार विधाको मनोनयन सार्वजनिक गरिएकोमा विहीबार थप तीन विधाको मनोनयन सार्वजनिक गरिएको हो । विहीवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी नवजीवन हस्पिटल बर्ष पुरुष खेलाडी, नोभा हस्पिटल बर्ष महिला खेलाडी र दिनेश सोप बर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

कैलाली हस्पिटल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्ष पुरुष विधा प्रायोजक नवजीवन हस्पिटलका सञ्चालक योगेन्द्र ओझा, नोभा हस्पिटलकी प्रशासकीय अधिकृत सुमन भट्ट र दिनेश सोपका ब्रान्ड निर्देशक आदित्य हमालले मनोनयन सार्वजनिक गरे । नवजीवन हस्पिटल बर्ष पुरुष खेलाडीको मनोनयनमा एथलेटिक्सका गोपीचन्द्र पार्की, दुवाथोलनका हिमाल टमट्टा र तेक्वान्दोका वीरवहादुर महरा परेका छन् । तीनै जनाले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका छन् ।

नोभा हस्पिटल बर्ष महिला खेलाडीको मनोनयनमा पौडीकी गौरिका सिंह, तेक्वान्दोकी आयशा शाक्य र कुस्तीकी संगिता धामी परेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुदमा गौरिकाले चार स्वर्ण सहित ९ पदक जितेकी थिईन् भने आयशाले तेक्वान्दोमा दोहोरो स्वर्ण जितेकी थिईन् । संगिताले सागको ईतिहासमा पहिलो पटक कुस्तीमा स्वर्ण जिताएकी थिईन् । दिनेश सोप बर्ष प्रशिक्षकको मनोनयनमा भलिबलका जगदीश भट्ट, कुस्तीका राजेन्द्र चन्द र कबड्डीका तारासिंह भाट परेका छन् । जगदिशले १३ औं दक्षिण एसियाली खेलकुदमा महिला भलिबलमा रजत पदक जिताएका थिए भने सेन्ट्रल जोन भलिबलमा स्वर्ण जिताएका थिए । राजेन्द्रले १३ औं दक्षिण एसियाली खेलकुदको ईतिहासमा पहिलो पटक कुस्तीमा स्वर्ण पदक सहित ७ पदक जिताएका थिए । तारासिंह भाटले पनि सागमा महिला कबड्डीमा नेपाललाई ऐतिहासिक रजत पदक जिताएका थिए ।

ईन्डो नेपाल आमन्त्रण कबड्डी प्रतियोगितामा पुरुष टीमलाई रजत जिताएका थिए । यसअघि माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष र तिवारी मेडिसिन डिष्टिव्युर्टस सुदूरपश्चिम आईकन महिला तथा निसर्ग हस्पिटल बर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको थियो । निसर्ग हस्पिटल बर्षको युवा खेलाडीको मनोनयनमा कुस्तीकी संगीता धामी, फुटबलका अर्पण कार्की र भलिबलकी पुनम चन्द परेकी छिन् ।

संगिताले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिईन् । अर्पण कार्की सागमा नेपालले स्वर्ण जित्ने टोलीका सदस्य हुन् । पुनम सागमा रजत तथा सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टोलीकी सदस्य हुन् । माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष विधामा ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका शेर मल्ल र क्रिकेटकै सुवाश ऐर मनोनयनमा परेका छन् । तिवारी मेडिसिन डिष्टिव्युर्टस सुदूरपश्चिम आईकन महिला विधामा कबड्डीकी जयन्ती बडु, खो खो की पुजा ओड र कुस्तीकी सिंवाङगी दुवे मनोनयनमा परेका छन् । बिवाईसी पिपुल च्वाईस अवार्डमा पौडीकी गौरिका सिंह, क्रिकेटकी अन्जली चन्द र भलिबलकी सरस्वती चौधरी मनोनयनमा परेकी छिन् ।

सात विधाको मनोनयन सार्वजनिक भएपनि दुई विधाको घोषणा भने अवार्ड कार्यक्रममा नै हुने अवार्डका संयोजक प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार न्यू सिटी पोलीक्लिनिक स्पेशल अवार्ड र सारथी अस्पताल लाईफटाईम एचिभमेन्ट अवाडको घोषणा चैत ६ गते कार्यक्रममै गरिनेछ । धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । सुदूर फुड ईन्डष्ट्रिज, ब्राईटवे पब्लिक स्कुल, मेरो रेडिमेड उद्योग र घोडाघोडी हस्पिटल सह–प्रायोजक रहेको अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लब र बर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ ।

त्यसैगरी स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनिक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय रहेको छ ।

नवजीवन सहकारी संस्था लिमिटेड को–अपरेटिभ्स पार्टनर र ओसन पब्लिकेसन एजुकेसन पार्टनरको रुपमा रहेको छ । धनगढी बसपार्कमा रहेको मिश्रा जनरल स्टोर र एलएनचोकमा रहेको शम्भु पुस्तक भण्डारले पनि अवार्डलाई सहयोग गरेको छ । अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाईस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।

अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाईम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ ।

बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

Recent Posts

  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.