धनगढी , २६ फागुन/ धनगढी उप–महानगरपालिका १ मा रहेको त्रिनगर माध्यमिक विद्यालयले बुधवार ४४ औं बार्षिकोत्सव बुधवार धुमधामका साथ सम्पन्न भएको छ ।
बार्षिको उत्सव कार्यक्रमको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए । बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख वडले त्रिनगर छोटो अविधीमा शैक्षिक गुणस्तरमा सुधार ल्याएको भन्दै भन्दै विद्यालय ब्यबस्थापन समिति , प्रधानाध्यापक तथा विद्यालय प्रशासनलाई धन्यवाद दिए । अहिले त्रिनगर माध्यमिक विद्यालयको पढाईको गुणस्तर, अनुशासन, अतिरिक्त क्रियाकलाप लगायत सबै पक्षमा अग्रणी स्थानमा छ नगरप्रमुख वडले भने,यसका पछाडी प्रअ भूपाल सिंह खड्का लगायत अभिभावकहरुको योगदान रहेको बताए ।
नगरप्रमुख वडले त्रिनगर माध्यमिक विद्यालयबाट आफुले शिक्षा ग्रहण गरेको बताए । उनले भने, ‘ हुनाले पनि सबै प्राथमिकतामा पर्छ ।’ मैले जे शिक्षा पाए त्रिनगर माध्यमिक विद्यालयबाट पाएको हुँ नगरप्रमुख वडले भने, त्यसैले त्रिनगर मेरो मानसपटलमा रहेको छ । नगरप्रमुख वडले उप–महानगरपालिकाको सहयोगमा त्रिनगर माध्यमिक विद्यालयमा ८ कोठे भवन निर्माण भैरहेको बताए । नगरप्रमुख वडले त्रिनगर माध्यमिक विद्यालयलाई क्याम्पसको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

त्रिनगर माध्यमिक विद्यालयका प्रअ भूपाल सिंह खड्काले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । हामीले अघिल्लो प्रतिवेदनले राखेका भावी लक्ष्यहरु पुरा गरेका छौं प्रअ खड्काले भने, यस यस बर्षमा राखेका लक्ष्यहरु प्राप्त गर्न सबैको सहयोग चाहन्छौं । प्रअ खड्काले त्रिनगर माध्यामिक विद्यालयलाई आगामी शैक्षिकसत्रबाट क्याम्पसमा स्तरोउन्नती गर्ने योजना रहेको बताए । त्यसैगरी प्रअ खड्काले आगामी आर्थिक बर्षमा बिद्यालयको पढाई गुणस्तरमा थप सुधार ल्याउने, विद्यालयमा सिसि क्यामेरा जडान गर्ने, विद्यालयको सपिङ्ग कम्प्लेक्सको बक्यौता असुलीलाई निरन्तरता दिने बताए । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम बिसीले त्रिनगरको पढाई गुणस्तर आफ्नो टिमको प्राथमिकताको बिषय भएको बताए । त्यसैगरी जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख बैकुण्ठ सुवेदी, ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेब भट्ट, पञ्चोदय माध्यमिक विद्यालयका प्रअ हरिष ओझा, सरस्वती माध्यमिक विद्यालयका प्रअ ज्ञानेन्द्र शाह लगायतले शुभकामना मन्तब्य राखेका थिए । त्यसैगरी विद्यालयलाई बिभिन्न क्षेत्रबाट योगदान पु¥याएकालाइृ सम्मान समेत गरिएको छ ।
