• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कोमल वलीले दिइन् पन्तविरुद्ध मुद्दा, ४ वर्ष कैद र ४० हजार जरिवाना माग

धनगढी, २५ फागुन/राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् ।

सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्‍याउने नियतले जानी जानी गाली र बेइज्जती गरेको र त्यसको प्रचार प्रसार गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेकी हुन् ।

उनले गाली गरेवापत १ वर्ष कैद र १० हजार जिरवाना तथा बेइज्जती गरेवापत २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना र त्यसको विद्युतीय माध्यमबाट प्रचार प्रसार गराएवापत थप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग दावी गरेकी हुन् ।

उनले पन्तको अभिव्यक्तिबाट आफ्नो प्रतिष्ठामा परेको असर र विद्युतीय र अन्य माध्यमबाट प्रचार प्रसार गरी बेइज्जती गरेकाले मनासिव क्षतिपूर्ति र मुद्दामा लागेको खर्च भराउन पनि माग गरेकी छन् ।

गत फागुन १५ गते नेता पन्तले पार्टीमा बिसौं वर्ष योगदान गरेका महिलाहरु भए पनि कोमल वलीले राष्ट्रियसभाको टिकट पाएको भन्दै उनीविरुद्ध टिप्पणी गरेका थिए ।वलीले गीत संगीत, कला र साहित्य क्षेत्र र सञ्चार माध्यमको क्षेत्रमा लामो समयसम्म देश र जनताप्रति गरेको योगदानको आधारमा नै तत्कालिन नेकपा एमालेले राजनैतिक जिम्मेवारी दिएको उल्लेख गरेकी छन्।

तर राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी नेता पन्तले जानी जानी आफूलाई प्रतिनिधिपात्र बनाई समग्र महिलाप्रति नै अपमान हुने गरी अभिव्यक्ति दिनु महिलाविरुद्धको जघन्य हिंसा भएको वलीले निवेदनमा भनेकी छन् ।

‘देशको कुल जनसंख्याको आधा भन्दा बढी अंश ओगट्ने महिलालाई संरक्षण संवर्द्धन गर्ने कार्यमा नेपालको संविधान राजनीतिक दल तथा त्यसका नेताहरु लागि पर्नुपर्ने मुख्य अभिभारा पूरा गर्ने हैसियतको व्यक्तिको मप्रतिको लाञ्छित अभिव्यक्तिले मेरो अपमान भएको छ’ वलीले भनेकी छन् ।

महिलाको स्वतन्त्र पहिचान, आत्मसम्मान र क्षमतालाई महत्व नदिई पुरुषसँगको निकटताबाट नै महिलाको राजनीतिक भविष्य बन्ने गरेको जस्ता अभिव्यक्ति प्रकट गरी महिलाको चरित्र र आचरणमाथि प्रश्न उठाउने पन्तको कार्यले आफ्नो मात्र नभई समग्र महिला वर्गपति गाली बेइज्जतु भएको वलीले बताएकी छन् ।

मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.