काठमाडौं २५ फागुन/ साताको पहिलो र दोस्रो कारोबार दिन बढेको सुनको मूल्य तेस्रो कारोबार दिन अर्थात् मंगलवार घटेको छ । स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ रू। ६०० ले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू। ८५ हजार ६०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू। ८६ हजार २०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू। ६०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू। ८५ हजार १५० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू। ८५ हजार ७५० मा कारोबार भएको थियो । यस्तै, मंगलवार चाँदीको मूल्य पनि घटेको छ । सोमवार प्रतितोला रू। एक हजार २६५ मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला रू एक हजार २५५ मा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य रू। १० ले घटेको हो ।