लोकबहादुर देउवा
लम्की , २४ फागुन/कैलालीमा स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन्।पूर्व–पश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहामा सुप ०१००८ प ९२३९ को नम्बरको स्कुटर दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नम्बर ७ का ३३ वर्षीय जनक बजगाई घाइते भएका हुन।
उनलाई लम्कीमा रहेको लालरत्न अस्पतालमा सामान्य उपचारपछि कोहलपुर शिक्षण अस्पतालमा रेफर गरिएको इलाका प्रहरी कार्यालय लम्कीले बताएको छ।