एजेन्सी । इटालियन सिरी एु फुटबलमा नापोलीले सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा नापोलीले बोलोग्नालाई ३(१ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा लोरेन्जो इन्सिग्नेले दुई गोल गरेपछि नापोलीले सहज जित हात पारेको हो ।खेलको आठौं मिनेटमा लोरेन्जोले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ६५ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दा नापोलीले २(० को अग्रता बनायो ।खेलको ७३ औं मिनेटमा बोलोग्नाका रोबर्टोले गोल गर्दै खेल २(१ को स्थितिमा ल्याए ।त्यसपछि खेलको ७६ औं मिनेटमा लोरेन्जोले गोल गर्दै नापोलीलाई ३-१ को जित दिलाए । जितसँगै नापोलीले २५ खेलमा ४७ अंक जोडेको छ । नापोली छैटौं स्थानमा रहेको छ ।बोलोग्ना २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।