धनगढी २३ फागुन/सर्वोच्च अदालतले ऋषि कट्टेलले दायर गरेको मुद्दामा फैसला गर्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा खोसिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको छ । अब नेकपा एमाले र माओवादी केन्द्रबाट चुनाव लडेकाहरु पुरानै अवस्थामा रहनुपर्ने भएको छ ।
सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र माओवादी केन्द्र कि त एकीकरण प्रक्रियामा जानुपर्नेछ कि त पुरानै अवस्थामा फर्कनुपर्नेछ । पुरानै अवस्थामा फर्किएमा सुर्य चिन्ह र गोलाकारभित्रको हँसिया हथौडा चिन्ह लिएर चुनाव लडेकाहरु अब पुरानै अवस्थामा रहेको मानिनेछ ।
अब ओली समूह छाडेर प्रचण्ड समूहमा गएका सुदुरपश्चिमबाट निर्वाचित साँसद भीम रावल पनि एमालेको मानिनेछन् ।यसैगरी, प्रचण्ड समूह छाडेर ओली समूहमा गएका लेखराज भट्ट, गौरीशँकर चौधरी माओवादी केन्द्रको भएको मानिनेछ ।