धनगढी २३ फागुन/कैलालीको धनगढीमा अवैध रुपमा माटो उत्खनन गरेको पाइएको छ। धनगढी उपमहानगरपालिकाको फुलबारी १४ मा माटो उत्खनन गरी बिक्री गरिएको हो।
फुलबारीको जनकल्याण सामुदायिक वन क्षेत्रसँग जोडिएको बिद्यालयको ऐलानी जमिनबाट माटो निकालि सोहि ठाउको शिवशंकर आधारभूत बिधालयको पोखरी निर्माण गर्ने भन्दै बजारमा बिक्री गरिएको स्थानीय युवा भुवन जोशिले बताए।
उनले भने, ‘ठेकेदार मार्फत इट्टाभट्टामा माटो बिक्री गरिएको छ। यस बिषयमा हामीले जिल्ला वन डिभिजनको कार्यालय समक्ष कारवाहीको माग गरेका छौ।’

जिल्ला वन डिभिजन कार्यालय कैलालीले माटो उत्खनन रोकेको र आवश्यक कारवाही प्रक्रिया गरिने जनाएको छ।